झापामा एक वृद्धसहित दुई शव फेला

लोकपथ
0
Shares

झापा । झापाको कमल गाउँपालिकामा आज (सोमबार) एकै दिन दुई जनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गाउँपालिका-३ तोपगाछीस्थित २१ नम्बर सैनिक बाहिनीमा कार्यरत ३३ वर्षीया टिका आङ्देम्बे र कमल गाउँपालिका-२ क्याम्पा निवासी ७२ वर्षीय लालबहादुर तामाङ स्याङ्बोको झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

प्रहरीका अनुसार मृतक आङ्देम्बेका श्रीमान अम्बर थापा पनि सोही सैनिक कार्यालयमा कार्यरत छन् । दुवै शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि परिवारलाई जिम्मा दिइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?