काठमाडौं । राइड सेयरिङका विभिन्न माध्यमहरुमा लापरबाहीको गुनासोपछि ट्राफिक प्रहरी एक्सनमा उत्रिएको छ ।
पछिल्ला दिनहरुमा राइड सेयरिङका चालकहरुले सेवाग्राहीहरुलाई दुख दिने गरेको गुनासोपछि ट्राफिक प्रहरीले चेकजाँचलाई कडाइ गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार एकैदिन १७५ जना राइड सेयरिङ सवारीसाधनका चालकहरुलाई कारबाही गरेको हो ।
कारबाहीमा परेकामध्ये अधिकांशले अनुमति बिना अफलाइन सवारी सञ्चालन गर्ने, जथाभावी यात्रु चढाउने र ओराल्ने मात्र नभएर मापदण्ड विपरितका सवारीसाधन समेत प्रयोग गर्ने गरेको खुलेको छ । त्यस्तै राइड सेयरिङ सवारीसाधनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न समेत प्रहरीले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया