आज विश्व जल तथा मौसम दिवस मनाइँदै

लोकपथ
70
Shares

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’  भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी विश्व जल तथा मौसम दिवस मनाइँदै छ । 

यस अवसरमा मौसमसम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्त्व र जलवायु जोखिम न्यूनीकरणका उपायबारे छलफल गरिने जनाइएको छ । 

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुजन सुवेदीले दिवसको अवसरमा मौसमसम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्त्व र जलवायु जोखिम न्यूनीकरणका उपायबारे छलफल गरिने कार्यक्रम तय गरिएको जानकारी दिए ।

विश्व मौसम दिवस प्रत्येक वर्ष मार्च २३ मा मनाइन्छ । यस अवसरमा मौसम तथा जलवायु सेवाको भूमिका र त्यसले मानव जीवन, कृषि, जलस्रोत तथा विपद् व्यवस्थापनमा पुर्‍याएको योगदानबारे विश्वभर सचेतना फैलाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?