मकवानपुर । भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापति रहेका छन् ।
उनको घरमा भरुवा बन्दुक लुकाई छिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी प्रजापतिलाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया