गोकुल बास्कोटाको टिप्पणी : ‘नक्सा हाम्रो, नियन्त्रण अरूकै, यस्तै हो– शक्ति र समयको संयुक्त प्रहार’

लोकपथ
49
Shares

काठमाडौं । भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लामा रहेको लिपुलेक भञ्ज्याङबाट हुने भारत–चीन सीमा व्यापार ६ वर्षपछि पुनः सुरु हुनै लाग्दा एमाले नेता गोकुल बास्कोटाले आइतबार सामाजिक सञ्जालमार्फत यो विषयमा टिप्पणी गरेका छन् ।  

सन् २०१९ देखि बन्द रहेको यो व्यापारिक नाका सन् २०२६ को व्यापारिक सिजनका लागि खोल्ने प्रक्रिया अघि बढेको छ । यो विषयमा नेपालको विरोधलाई भारतले बेवास्ता गर्दै आएको छ । 

पाँच वर्षदेखि बन्द नेपालको लिपुलेक क्षेत्र भएर जाने भारत–चीन व्यापार मार्ग भारतले आगामी जुन १ देखि खुलाउने घोषणा गरेको  छ । एमाले नेता बास्कोटाले आइतबार सामाजिक सञ्जालमार्फत यो विषयमा टिप्पणी गर्दै भनेका छन्, ‘लिपुलेक नक्सा हाम्रो, नियन्त्रण अरूकै भइहाल्यो । एक सय २० अर्ब डलरको वार्षिक कारोबार गर्ने दुई छिमेकीको योजनाको सानो व्यापारिक नाकाको हामी छेउमा बसेर हेरिरहनुपर्ने भयो ।’

उनले लेखेका छन्, ‘यस्तै हो– शक्ति र समयको संयुक्त प्रहार !’

उता, पिथौरागढका जिल्ला अधिकारी आशिष भट्टगाईंले केन्द्रीय सरकारको निर्देशनपछि जुनदेखि सेप्टेम्बरसम्म चल्ने व्यापारिक सत्रका लागि आवश्यक तयारी सुरु भएको जानकारी दिएका छन् । भारतको विदेश मन्त्रालयले यसका लागि एनओसीसमेत जारी गरिसकेको छ ।

भारतीय विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्य सचिव आनन्द बर्धनलाई पत्राचार गर्दै हिमाली नाकाबाट व्यापार पुनः सुचारु गर्न अनुरोध गरेका छन् । गृह मन्त्रालय र वाणिज्य तथा उद्योग मन्त्रालयले समेत यसका लागि अनुमति दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?