काठमाडौं । ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रुकुमकी ५५ वर्षीय तिल्सरी खड्का रहेकी छन् ।
आज बिहान ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम गर्ने पर्खाल भत्किएको प्रहरीले जनाएको छ ।
पर्खाल भत्किएर गम्भीर घाइते भएकी खड्काको ठैबस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया