काठमाडौं । खैरो हेरोइन र चरेससहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले लागूऔषध खैरो हेरोइन र चरेससहित पाँच जनालाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ की ३८ वर्षीया कल्पना तामाङ, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका ३१ वर्षीय विशाल श्रेष्ठ, सिन्धुपाल्चोकको चौतारा नगरपालिकाका ३९ वर्षीय अर्जुन थापा, काभ्रेपलान्चोकको तेमाल गाउँपालिकाका ३० वर्षीय सागर तामाङ र भारतीय नागरिक २५ वर्षीय बिपुल बर्मा रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूबाट ठूलो परिमाणमा चरेस र खैरो हेरोइन बरामद गरिएको छ । ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले खैरो हेरोइन बिक्रीमा संलग्न भारतीय नागरिक बिपुल बर्मालाई विराटनगरबाट तथा अन्य चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका पाँच जनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया