प्रधानमन्त्री कप क्रिकेट : वर्षाका कारण खेल रद्द

लोकपथ
21
Shares

जनकपुरधाम । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको खेल वर्षाकाे कारण रद्द भएका छन् ।

धनुषाको जनकपुरधाममा मधेस र कोसी प्रदेशबिच हुने खेल सुरु हुनुअघि रद्द भएको थियो भने वीरगन्जमा कर्णाली र लुम्बिनी प्रदेशबिचको खेल ७ ओभरमा रोकिएपछि वर्षा कारण रद्द गरिएको  हो । 

दुवै खेल रद्द भएपछि चारै टिमले एक/एक अंक पाएका छन् । शुक्रबार परेको हावाहुरीसहितको वर्षाले जनकपुरधामस्थित निर्माणाधीन राम जानकी बहुउद्देश्यीय रंगशालामा पानी भरिएको थियो ।

शनिबार बिहान पानी हटाउने प्रयास भए पनि पुनः वर्षा भएपछि खेल हुन सकेन । उद्घाटन सत्र भने सञ्चालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?