रूपन्देही । शनिबार बिहानदेखि परेको लगातार वर्षा र पहिरोका कारण पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा यातायात अवरुद्ध भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्डमा वर्षाका कारण सडक अत्यन्त चिप्लो बनेपछि दुवैतर्फका सवारीसाधन चल्न सकेका छैनन् । उकालो–ओरालोमा गाडी चढ्न र झर्न नसक्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।
त्यस्तै, सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड पनि अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा क्षेत्रमा ढुङ्गासहितको पहिरो खसेपछि सडक बन्द भएको हो ।
यसअघि दाउन्ने सडक बन्द भएपछि सवारीसाधनलाई पाल्पा हुँदै वैकल्पिक मार्गबाट पठाइएको थियो । तर, सो मार्ग पनि पहिरोका कारण बन्द भएपछि यात्रु थप समस्यामा परेका छन् ।
प्रहरीका अनुसार सडक खुलाउने प्रयास भइरहेको छ । तर, लगातार पानी परिरहेकाले काम गर्न कठिन भइरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया