सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा यूएईमा सात जना नेपाली पक्राउ

१ वर्ष जेल तथा १ लाख दिरामसम्मको सजाय हुनसक्छ

लोकपथ
63
Shares

काठमाडौं । प्रतिबन्धित भिडियो बनाएर सामाजिक सञ्जालमार्फत सेयर गरेको आरोपमा यूएईमा सात जना नेपाली पक्राउ परेका छन् ।

इजरायल–अमेरिका र इरानबीच जारी युद्धपछि इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएकोमा त्यसरी खसेका ड्रोन तथा मिसाइलका फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा हालेको आरोपमा यूएई प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

परराष्ट्र मन्त्रालयका अनुसार, पक्राउ परेका ती व्यक्तिलाई १ वर्ष जेल तथा १ लाख दिरामसम्मको सजाय हुनसक्छ । मन्त्रालयले प्राइभेट म्यासेजमा समेत त्यस्ता सामग्रीहरू सेयर गर्न वर्जित भएकाले त्यसो नगर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?