संसदीय दलको नेतामा अर्जुननरसिंह केसीको दाबेदारी, भने– ‘सबैभन्दा सिनियर मै हुँ’

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो दाबेदारी रहने बताएका छन् । उनले आफू सबैभन्दा सिनियर भएकाले आफ्नो दाबेदारी स्वाभाविक भएको पनि बताएका छन् । उनले संसदीय दलको नेताको रूपमा सहमतिपूर्ण ढंगबाटै निष्कर्ष निस्कियोस् भन्ने चाहना रहेको पनि बताएका छन् । 

शुक्रबार केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका समानुपातिक सांसद केसीले सञ्चारकर्मीसँगको कुराकानीमा सो कुरा बताएका हुन् । 

उनले भने, ‘संसदीय दलको नेतामा मेरो स्वतः दाबी रहन्छ । म आफ्नो दलमा सबैभन्दा सिनियर नेता हुँ, संसदीय अभ्यास र यात्रामा मैले धेरै ठूलो योगदान गरेको छु ।’

उनले थपे, ‘अझ तपाईंहरूमध्ये कोही इतिहासलाई हेर्नुहुन्छ भने २०४७ देखिको संसद् कांग्रेसको सिंगै धानिदिनेमध्ये म पनि हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?