काठमाडौं । झण्डै दुई तिहाइ मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठन प्रक्रियामा जुटेको छ ।
संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरुको शपथग्रहणको समेत तयारी गरिसकेको अवस्थामा नेताहरु छलफलमा जुटेका हुन् ।
सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’, उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डोलप्रसाद अर्याल छलफलमा जुटेका हुन् ।
त्यसो त निर्वाचन परिणाम आएसँगै नेताहरु मन्त्रीको टुंगो लगाउनेदेखि सरकार सञ्चालनको तयारीबारे छलफल गरिरहेका छन् ।
संघीय संसद सचिवालले आगामी चैत १२ गते नवनिर्वाचित संसदहरुलाई शपथ ग्रहण गराउने तयारी गरेको छ । यता निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन प्रतिवेदन २०८२ समेत बुझाइसकेको अवस्था छ ।
चैतको दोस्रो सातासम्म रास्वपाले सरकार बनाउने तयारी गरेको बताइएको छ । प्रधानमन्त्रीमा पूर्वसहमति अनुसार बालेन हुनेछन् भने अन्य मन्त्रीहरुको टुंगो लगाइन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया