नगरकोटमा राइडरहरुमाथि हातपात गर्ने व्यक्ति पक्राउ

लोकपथ
1.4k
Shares

काठमाडौं । केही दिनअघि आफ्नो गाडीबाट ओर्लिएर युवाहरुमाथि अपशब्द बोल्दै कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४१ वर्षीय गणेशबहादुर तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटका उनलाई पक्राउ गरेको हो ।

नगरकोटमा बाइकमा राइडिङमा हिँडिरहेका युवाहरुमाथि उनीहरुले तामाङले कुटपिट गरेका थिए । सामान्य विवाद जस्तो देखिने विषय तामाङले अपशब्द बोल्दै युवाहरुमाथि पालैपालो कुटिरहेका थिए । तर ती युवाहरुले आफूहरुको केही गल्ती नै नरहेको बताइरहँदा समेत उनले अपशब्द बोलेर कुटपिट गरेको भिडियो तीनै युवाहरुले गोप्रो क्यामेराबाट खिचिएको भिडियोबाट सार्वजनिक भएको थियो ।

उक्त भिडियो सामाजिक सञ्जालमा यत्रतत्र भएपछि युवाहरुमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?