ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

लोकपथ
77
Shares

काठमाडौं । ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार मदाने गाउँपालिका–१ अग्लुङ फेदीका ३५ वर्षीय सालिकराम चन्दको मृत्यु भएको हो । 

गम्भीर घाइते भएका उनको तम्घास अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?