आशिकाको अडान– ‘धादिङको मेरो क्षेत्रमा अवैध कर उठाउने कार्य रोकेरै छाड्छु’

लोकपथ
119
Shares

काठमाडौं । धादिङ क्षेत्र नं १ बाट निर्वाचित रास्वपा सांसद आशिका तामाङले राष्ट्रिय वा सहायक राजमार्गमा उठाइने करको अन्त्य गर्ने अडान लिएकी छन् ।

स्थानीय तहले ढुवानीको नाममा उठाउँदै आइरहेको कर नउठाउन निर्देशन दिएपछि उनको आलोचना समेत भएको छ । तर उनले सर्वोच्चले यसअघि नै आदेश दिएको भन्दै राष्ट्रिय राजमार्ग वा सहायक राजमार्गमा कर उठाउन नपाइने र आफूले आफू निर्वाचित भएको क्षेत्रमा त्यसलाई रोकेरै छाड्ने बताइन् ।

‘सर्वोच्च अदालतले २०८२ माघ २८ गते राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा हुलाकी राजमार्गहरूमा स्थानीय तहले कर वा सडक उपभोग शुल्क उठाउन नपाउने भनी ऐतिहासिक अन्तरिम आदेश जारी गरिसकेको छ। यस आदेशअनुसार अब राजमार्गमा ढाट, गेट वा टेबुल राखी सवारी साधनबाट रकम असुल गर्नु गैरकानुनी, असंवैधानिक तथा अदालतको आदेशको ठाडो उल्लंघन हो। म, धादिङ क्षेत्र नं. १ बाट निर्वाचित जनप्रतिनिधिको हैसियतले, आफ्नो क्षेत्रभित्र पर्ने कुनै पनि राजमार्गमा अब उपरान्त ‘पटके कर’ वा यस्तै प्रकृतिका अवैध कर संकलन कार्य कदापि स्वीकार्य नहुने स्पष्ट गर्दछु। यस प्रकारका गतिविधि तुरुन्त बन्द गर्न सम्बन्धित सबै पालिका तथा सरोकारवाला निकायलाई निर्देशन दिन्छु,’ उनले भनेकी छन् ।

त्यस्तै उनले कसैले सर्वोच्चले दिएको आदेशको उल्लंघन गरेमा आफूले अदालतविरुद्धको अवहेलना मुद्दा दायर गर्ने समेत चेतावनी दिएकी छन् । उनले कतै अवैधानिक रुपमा कर उठाइरहेको जानकारी भएमा आफूलाई प्रमाणसहित जानकारी दिन समेत भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?