काठमाडौं । दार्चुलामा आज मंगलबार (चैत ३ ) भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहान १० बजेर १२ मिनेट जाँदा दार्चुलाको सितौला आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।
यसअघि, गत फागुन २२ गते बझाङको चैनपुर आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ म्याग्निच्युडको र फागुन १५ गते ताप्लेजुङको तोप्केगोला आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया