काठमाडौं । सर्वोच्च अदालतले धनुषा क्षेत्र नं १ का रास्वपा उम्मेदवार किशोरी साह ‘कमल’को नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएको छ ।
निर्वाचन आयोगले साहको नाम कालोसूचीमा रहेको भन्दै निर्वाचनको दुई दिनअघि मात्रै उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तर उनले आफूमाथि अन्याय भएको भन्दै रिट दायर गरेका थिए ।
बिहीबार सर्वोच्चका न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
यो आदेशसँगै उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयमा समेत धक्का पुगेको छ ।
आयोगले उम्मेदवारी खारेज गरिदिए पनि उनको नाममा सबैभन्दा धेरै मत परेको थियो । दोस्रो मत प्राप्त गरेका नेकपाका मातृका यादवलाई आयोगले निर्वाचित भएको भन्दै प्रमाणपत्र दिइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया