काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’सँग फोनवार्ता गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री मोदीले दुवै नेताहरुसँग फोन सम्पर्क गरी बधाई दिएको उल्लेख गरे ।
हालै सम्पन्न निर्वाचनमा प्रत्यक्षमा १२५ सिटसहित समानुपातिकमा पनि रास्वपाले ४७ लाख मत कटाएको छ । यसरी हेर्दा रास्वपाले दुई तिहाई नजिकको बहुमतसहित सरकार बनाउने लक्ष्यका साथ अघि बढेको छ ।
मोदीले आगामी बन्ने सरकारसँग भारत सरकार मिलेर काम गर्न तयार रहेको बताएका छन् । मोदीले फोन सम्पर्कमा दुई देशबिचको लामो समयदेखिको सहकार्य निरन्तर हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया