चुनाव जिते लगत्तै किताब बेच्न हिँडे महावीर पुन

लोकपथ
315
Shares

काठमाडौं । म्याग्दीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित जिते लगत्तै महावीर पुन किताब बेच्न हिँडेका छन् ।

पूर्वमन्त्री समेत रहेका महावीरले म्याग्दीबाट ठूलो मतान्तरसहित जित हासिल गरे । तर उनी आजबाट पुनः किताब बेच्न निस्किएका छन् । आज बिहान १० बजे पोखराको अमरसिंह चोकबाट किताब बेच्न सुरु गर्ने उनले जनाएका छन् ।

यसअघि पनि उनी निरन्तर आफ्नो आत्मकथा बेच्दै त्यसबाट आएको पैसाले वीरगञ्जमा रहेको कृषि औजार केन्द्रमा लगानी गर्दै आइरहेका थिए ।

‘आज पोखरा पुगेर १० बजेदेखि अमरसिंह चोकमा मेरो आत्मकथाको किताब बेच्न सुरु गर्नेछु । त्यसपछि पृथ्वीचोकमा १ बजेदेखि र महेन्द्रपुलमा ४ बजेपछि बेचिनेछ । चुनाव पनि लड्ने र किताब पनि बेच्ने भनेर किताबहरु लगेको थिएँ तर निर्वाचन आयोगले चुनावमा किताब बेच्न दिएन । वीरगञ्ज कृषि औजार कारखाना मज्जाले चलिरहेकै छ, त्यसैले पैसा त चाहियो नि,’ महावीरले सामाजिक सञ्जालमा किताब बेच्न जाने जानकारी गराउँदै भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?