बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–२ बाट उम्मेदवार रहेका रास्वपाका सुलभ खरेलले अग्रता झनै बढाएका छन् । प्रारम्भिक गणनामै सुलभले फराकिलो अग्रता लिने संकेत देखाएका छन् ।
अहिलेसम्मको गणनाअनुसार उनले पूर्वअर्थमन्त्री तथा एमाले उम्मेदवार विष्णु पौडेललाई दुई हजार बढी मतले पछि पारेका छन् ।
खरेलले ४ हजार ७४ मत प्राप्त गर्दा पौडेलले जम्मा ८ सय ४५ मत पाएका छन् । उनीहरूलाई नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा (पौडेल) ले ५०४ मा ल्याएर पछ्याइरहेका छन् ।
यो क्षेत्रमा नेकपा एमालेका पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा (पौडेल), रास्वपाका खरेल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का विश्वदीप पाण्डे, जनता समाजवादी पार्टी (जसपा) का दीपक गुरूङ, जनमत पार्टीका रमेश लो लगायत विभिन्न दलका र स्वतन्त्र उम्मेदवार समेत गरी ३९ जना प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया