काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको छ ।
काठमाडौं महानगरपालिकाका निवर्तमान नगर प्रमुख बालेन काठमाडौं महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रमा मतदान गरेपछि बिहान करिब साढे ९ बजे झापातर्फ लागेका थिए । काठमाडौंबाट उडेको हेली एभरेस्ट को 9N–AOB कलसाइन भएको हेलिकोप्टर निर्धारित गन्तव्यमा अवतरण नगरी पुनः काठमाडौं फर्किएको स्रोतले जनाएको छ ।
यसमा बालेनसहित ५ यात्रु थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया