नेकपा बहुमतका महासचिव बास्तोला पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार बास्तोलामाथि निर्वाचनविरोधी गतिविधि गरेको तथा अवाञ्छित गतिविधि बढाएको आरोपमा अनुसन्धान सुरु गरिएको छ ।

नेकपा (बहुमत) ले आसन्न निर्वाचन बहिष्कार गर्ने नीतिसहित विभिन्न कार्यक्रम तथा गतिविधि सञ्चालन गर्दै आएको छ । सोही सन्दर्भमा कानूनविपरीत गतिविधि भएको आशंकामा बास्तोलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?