काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले राष्ट्रिय युवा परिषद् ऐन, २०७२ अनुसार गठन भएको परिषद्को उपाध्यक्ष सिफारिस समितिले योग्य उम्मेदवारमध्येबाट तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नुपर्ने भएकाले आवेदन माग गरिएको हो ।
सूचनामा भनिएको छ,’ इच्छुक व्यक्तिले सात दिनभित्र दरखास्त पेस गर्नुपर्नेछ। दरखास्तका साथ आवश्यक कागजातहरू, दरखास्त फारमको नमुना, कार्य योजनाको सम्भावित खाका, मूल्याङ्कनका आधार तथा अन्य जानकारी मन्त्रालयको वेभसाइटमा उपलब्ध छ ।’
थप जानकारीका लागि इच्छुक व्यक्ति युवा तथा खेलकुद मन्त्रालयका फोन नं. ०१–४२००५४०, ०१–४२००५४२ वा ९८५१३१९५४२ मा सम्पर्क गर्न सक्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया