काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतका सबै उपचार सेवा बन्द गर्ने निर्णय गरेको छ ।
अस्पतालका अनुसार विगत लामो समयदेखि स्वास्थ्य बीमा बोर्डबाट उपचार खर्च भुक्तानी नआउँदा आर्थिक अवस्था संकटमा परेको छ । हालसम्म बोर्डले अस्पताललाई करिब ४० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ । अस्पतालले मासिक करिब ५ करोड रुपैयाँ खर्च व्यहोर्दै आएकोमा बीमा बोर्डले मात्र ५० प्रतिशत दाबी स्वीकृत गरिरहेको बताइएको छ ।
अस्पताल प्रशासनले भनेको छ, ‘विगत दुई वर्षदेखि आफ्नै आन्तरिक स्रोतबाट दैनिक खर्च धान्दै आएको अस्पतालले अब थप घाटा सहन सक्दैन । औषधि तथा स्वास्थ्य सामग्री सप्लायरलाई पनि पाँच महिनादेखि भुक्तानी दिन सकिएको छैन ।’
अस्पतालले स्वास्थ्य बीमा सेवा बन्द गर्नुपर्ने कारणमा उपचार दररेटमा बोर्ड र अस्पतालबिचको ठूलो अन्तर, पटक पटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नहुनु, र भुक्तानी अभावलाई औँल्याएको छ ।
स्वास्थ्य बीमा बोर्डका अनुसार देशभर सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्बभन्दा बढी भुक्तानी बाँकी छ । लगातार भुक्तानी नपाएपछि अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम केही हप्ताभित्रै बन्द गर्ने चेतावनी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया