देश संवेदनशील बिन्दुमा छ : राजेश हमाल

लोकपथ
133
Shares

काठमाडौं । महानायक राजेश हमालले देश अहिले संवेदनशील बिन्दुमा रहेको  बताएका छन् ।  बिर्तामोडमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो  बताएका हुन् ।

उनले नेपालीहरूको जीवन सामान्य रूपमा अघि बढेको जस्तो देखिएपनि देश जटिल परिस्थितिमा रहेको उल्लेख गरे  । उनले सरकार निर्वाचित जनप्रतिनिधिले नभई चुनावी सरकारले सञ्चालन गर्नु विडम्बना भएको जिकिर गरे । उनले चुनौतीसँगै अवसर रहने तर चुनौतीको समाधान गर्ने कुरा आम नागरिककै हुने  बताए । 

उनले भने, ‘अहिले राष्ट्र र नेपालीहरू जुन मोडमा छाैँ, यसो बाहिर हेर्दा जीवन सामान्य रूपमा अघि बढाउने प्रयास गरिरहे पनि असाध्यै संवेदनशील बिन्दुमा उभिएका छौँ । हालै आन्दोलनपछि हामीले चुनेको प्रतिनिधिले यो राष्ट्र चुनिरहनुभएको छैन । यो राष्ट्रलाई चुनावी सरकारले सञ्चालन गरिरहेको छ । त्यो विडम्बना हो । राष्ट्र संवेदनशील परिस्थितिबाट गुज्रिरहेको छ ।’

नेपाली जनता भन्दा शक्तिशाली अरू कोही नरहेको बताए । उनले विगतमा नेतृत्व गर्नेहरू पनि जनताबाट नै चुनिएर आएको बताए । भविष्यमा कस्तो व्यक्तिलाई देशको जिम्मेवारी दिने भन्ने कुरा पनि आम नागरिककै हातमा रहेको  बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?