काठमाडौं । रौतहटमा चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ । शनिवार साँझ साँढे ६ बजे चट्याङ पर्दा कटहरियाका दुई किशोरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी राजु कार्कीका अनुसार शनिवार साँझ साँढे ६ बजे चट्याङ पर्दा रौतहटको कटहरिया नगरपालिका २ हथिहाईका वर्ष १७ का शेहराज लहडी र वर्ष १६ का नवीन यादवको मृत्यु भएको हो ।
अति भारी वर्षासँगै परेको चट्याङका कारण उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
रौतहटमा शनिवार अति भारी वर्षा भएको थियो ।
बिहार हुँदै नेपाल प्रवेश गरेको मौसमी प्रणालीले बारा, पर्सा र रौतहटमा सबैभन्दा बढी वर्षा गराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया