प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै

लोकपथ
875
Shares
फाइल तस्बिर

काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ ।

बैठकमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागि हुनेछन् ।

बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालले दिएको जानकारी अनुसार बुधबारका लागि तय भएको बैठक माओवादी केन्द्रका अध्यक्ष दाहाल काठमाडौं बाहिर रहेकाले आजका लागि सारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?