प्रधानमन्त्रीलाई पक्राउ गर्न प्रहरीलाई पत्र लेख्ने राप्रपाका नेता आफैँ परे पक्राउ

लोकपथ
47.2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न माग गर्दै प्रहरीलाई पत्र लेख्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता आफैँ पक्राउ परेका छन् ।

राप्रपाका केन्द्रीय सदस्य समेत रहेका रवि किरण हमालले प्रधानमन्त्री ओलीलाई पक्राउ गर्न माग गर्दै प्रहरी प्रमुखलाई पत्र लेखेका थिए । सोमबार उक्त पत्र सार्वजनिक भएपछि उनलाई हिजो नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

प्रधानमन्त्रीले ओलीले आगामी जेठ १५ गते राजावादीहरुले गर्न लागेको प्रदर्शनलाई लक्षित गरी आफ्ना कार्यकर्ताहरुलाई परिचालित हुन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिले हिंसा भड्किने दाबी गर्दै प्रधानमन्त्रीलाई नै अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरेका थिए ।

यो पनि…

प्रधानमन्त्रीलाई नै पक्राउ गर्न माग गर्दै प्रहरीलाई राप्रपा नेताको पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?