काठमाडौं । नेपालमा पेप्सी कम्पनीका नामले परिचित वरुण वेभरेजले आफ्नो उत्पादनलाई गुणस्तर कायम गर्न विभिन्न रणनीतिहरु अवलम्बन गर्ने गर्दछ ।
नेपालमा काठमाडौंसहित दुई स्थानमा छुट्टाछुट्टै प्लान्ट स्थापना गरेर पेप्सी लगायतका पेय पदार्थहरु उत्पादन गरिरहेको वरुण वेभरेजले हरित उर्जालाई प्रवद्र्धन गर्न आफ्नै सोलार प्लान्ट समेत स्थापना गरिसकेको छ ।
गत माघ २५ गते वरुण वेभरेज प्रालि नवलपरासीले आफ्नै सोलार प्लान्ट (सौर्य विद्युत) स्थापना गरेको थियो । सो समयमा २ मेगावाट विद्युत् उत्पादन क्षमताको सौर्य प्लान्ट स्थापना गरेको थियो । जसले एकातिर बढ्दो विद्युत आपुर्तीलाई कम गर्न मद्दत गरिरहेको छ भने अर्कोतर्फ वातावरणमैत्री हरित उर्जालाई समेत प्रोत्साहन गरेको छ ।
नवलपरासी प्लान्ट सञ्चालनका लागि कुल विद्युत खपतको २० प्रतिशतसम्म माग भने सोही सोलार प्लान्टले धानिरहेको छ । ‘वान टाइम इन्भेस्टमेन्ट’ का रुपमा हेरिएको उक्त सोलार प्लान्ट करिब ११ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको थियो ।
जसले गर्दा एकातिर बढ्दो विद्युत महसुललाई कम गर्न सहयोग पुर्याएको छ भने अर्कोतर्फ कार्बन उत्सर्जनलाई निरुत्साहित गर्न समेत महत्वपूर्ण योगदान दिइरहेको छ ।
वरुण वेभरेज नेपाल नवलपरासी प्लान्ट प्रमुख वी चन्द्रशेखरले आगामी दिनहरुमा थप शौर्य उर्जालाई नै प्राथमिकतामा राख्ने योजना रहेको बताउँछन् ।
शौर्य ऊर्जा विद्युतबाट कार्बन उत्सर्जन शून्य हुने र त्यो वातावरण मैत्री हुने भएकाले वरुण वेभरेजले परम्परागत भन्दा सौर्य उर्जालाई प्राथमिकता दिएको उनको दाबी रहेको छ ।

हरित उर्जा प्रवद्र्धन र कार्बन उत्सर्जनलाई निरुत्साहित गर्न सकिने र परम्परागत विद्युत् उर्जालाई निरुत्साहित गर्दै आगामी दिनमा वातावरण मैत्री उर्जाबाट समग्र प्लान्ट सञ्चालन गर्ने लक्ष्य रहेको चन्द्रशेखरले बताए ।
वार्षिक रूपमा करिब २,८०० मेट्रिक टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउने अनुमान गरिएको छ, जसले उद्योगलाई हरित र वातावरणमैत्री बनाउँछ ।
जलविद्युत् प्रणाली मौसममा निर्भर हुने हुँदा सौर्य ऊर्जा विकल्पले उत्पादनमा निरन्तरता र स्थायित्व ल्याएको छ । उद्योगमा ४ सयभन्दा बढी श्रमिक कार्यरत छन् र सौर्य परियोजनाले थप रोजगारी सिर्जना र प्रविधिमा लगानीको वातावरण बनाएको छ ।
आफ्नो उत्पादनको बजार बिस्तारमा आक्रामक बनी त्यसकै व्यापारको आडमा नेपालमा बढी कर तिर्ने कम्पनीमध्ये अग्रस्थानमा रहेको कम्पनी समेत हो, वरुण वेभरेज प्रालि ।
पेप्सी, मिरिण्डा, माउन्टेन ड्यू, सेभेन अप, स्टिङ इनर्जी ड्रिङ्क तथा स्लाइस वरुण वेभरेजका चर्चित उत्पादन ब्रान्डहरू हुन् । त्यसबाहेक पनि नेपालमा पेप्सी कम्पनीको सोडा र एक्वाफिना ब्रान्डको पानी चर्चित र लोकप्रिय छन् ।
पेप्सीले नेपालमा पेय पदार्थको बजारको कुल मागमध्ये ४० प्रतिशत माग एक्लैले धानिरहेको छ । अन्य कम्पनीका पेय पदार्थलाई टक्कर दिन आक्रामक रूपमा लगानीको रणनीति बनाएको वरुण वेभरेजले छोटो समयमा नै दोस्रो प्लान्ट समेत स्थापना गर्न सफल भयो ।
सन् १९९८ मा काठमाडौंको पेप्सीकोलामा पहिलो प्लान्ट स्थापना गरेको पेप्सीले त्यसको २० वर्षपछि अर्थात् सन् २०१८ मा नवलपरासीको रामग्राममा दोस्रो प्लान्ट स्थापना गरी उत्पादन सुरु गर्यो । १४ बिगाहा क्षेत्रफलमा फैलिएको नवलपरासी प्लान्टमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ४ सय भन्दा बढीले रोजगारी पाएका छन् ।

वरुण वेभरेज आफ्ना उत्पादनहरूमा इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्याण्डर्ड (आईएसओ) बाट सर्टिफाइड कम्पनी हो । जसले आईएसओका सबै मापदण्डहरू पूरा गरेको वरुण वेभरेज नवलपरासी प्लान्टका क्वालिटी हेड (गुणस्तर प्रमुख) अरुण शर्मा बताउँछन् ।
त्यसो त आफ्नो क्वालिटी मेन्टेनकै लागि वरुण वेभरेजले दक्ष कर्मचारीको खोजी गर्दछ । त्यसका लागि वरुण वेभरेजले कम्पनीमा रोजगारीका लागि प्रवेश गर्ने कर्मचारीहरूलाई लामो समयको तालिम दिएर मात्रै कामकाजमा पठाउने गरेको छ । आन्तरिक र बाह्य रूपमा समेत ६ महिनासम्म तालिम दिएपछि मात्रै सम्पूर्ण रूपमा दक्ष बनाएपछि कर्मचारीलाई उत्पादनको काममा लगाइने गरिएको कम्पनीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया