कारको ठक्करबाट बालकको मृत्यु

लोकपथ
833
Shares

सिन्धुली । दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

उदयपुरको कटारीबाट डकाहातर्फ आउँदै गरेको बि ए बी  ०१८८ नम्बरको कारले आज ठक्कर दिँदा दुधौली–७ चिहानडाँडाका १० वर्षीय मन्देश सदाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । 

कारको ठक्करबाट घाइते भएका सदाको दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको हो । प्रहरीले कारका चालक ३४ वर्षीय रामकुमार राईलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?