१७ घण्टापछि खुल्यो बीपी राजमार्ग, दुईतर्फी यातायात सञ्चालन

लोकपथ
63
Shares

काठमाडौं । अविरल वर्षाका कारण हिजो सोमबार राति पौने ९ बजेदेखि अवरुद्ध भएको बीपी राजमार्ग अहिले दिउँसो १ बजेबाट पूर्णरुपमा सञ्चालनमा आएको छ । 

सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, दिउँसो १ बजेबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । 

बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाएपछि यातायात आवागमनमा अवरोध आएको थियो । बगाएको डाइभर्सन पुरेर र खोला डाइभर्ट गरेर राजमार्ग दुईतर्फी सञ्चालनमा ल्याइएको हो । 

सडक विभागको ४ वटा जेसीबी र ५ वटा टिपर लगेर कल्भर्टहरू बगाएको ठाउँमा फिलिङ गरिएको थियो । 

पूर्वबाट आइरहेको सवारीलाई खुर्कोट र नेपालथोकमा तथा काठमाडौंबाट पूर्व गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको थियो । अहिले रोकिएका सवारीहरू बिस्तारै सञ्चालनमा ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?