सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण 

लोकपथ
105
Shares

काठमाडौं । स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ ।  मंगलबार बिहान ललितपुर महानगरपालिका प्राङ्गणमा जोशीको अर्धकदको शालिक अनावरण गरेको हो । 

महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १ सय ६औँ जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरिबाबु महर्जनले अनावरण गरे । 

०७९ असोज ३० गते शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको थियो। उनको ‘इच्छा अनुसार’ तथा ‘परिवारका सदस्यहरूको अनुमतिमा’ जोशीको शरीरलाई किस्ट मेडिकल कलेजलाई दान गरेका थिए । 

कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले महानगरबाट गर्न मिल्ने र सक्ने कार्यक्रमअन्तर्गत शालिक निर्माण गरिएको बताए । 

उनले झनाख्य पार्कमा ४ वटा शालिक भइसकेकाले पाँच वटा नबनाउने बताए । प्रमुख महर्जनले स्व. जोशीले भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा ठुलो योगदान पुर्‍याएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?