सिराहामा करेन्ट लागेर एक जनाको मृत्यु

लोकपथ
280
Shares

सिराहा । सिरहा नगरपालिका–१७ लचका इनर्वा बस्ने १८ वर्षीय छोटु रामको करेन्ट लागेर मृत्यु भएको छ । 

सोही ठाउँस्थित हाल नम्बर नखुलेको पिकअपमा राखिएको साउण्ड सिस्टमबाट शनिबार राति करेन्ट लागेर गम्भीर घाइते भएका उनको भारतको जयनगरस्थित अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?