काठमाडौं । राजसंस्था पुनस्थापनको लागि नवराज सुवेदीको अध्यक्षतामा गठित जनआन्दोलन समितिले काठमाडौं उपत्यकामा आन्दोलनलाई चर्काउने गरि कार्यक्रमहरु घोषणा गरेको छ ।
समितिका अध्यक्ष सुवेदीको अध्यक्षतामा आज काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको वैठकले कार्यक्रमहरु घोषणा गरेको हो ।
बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशर बहादुर विष्ट लगायत विभिन्न राजावादी संगठनहरुका नेताहरुको उपस्थित थियो ।
बैठकमा जनआन्दोलन समितिका सदस्य एवं राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी, हरी बहादुर बस्नेत, राजेन्द्र गुरुङ लगायत राप्रपा नेपालका नेताहरु राजिव पराजुली, राजाराम बर्तौला लगायत राष्ट्रिय शक्तिका विराज विष्ट,श्याम केसी लगायतको उपस्थित थियो ।
हिन्दुवादी पण्डित रामकृष्ण उपाध्याय, नेपालका लागि नेपाली, नागरिक बचाउ अभियान, देशभक्त अभियान, मातृभूमि नेपाल, विश्वहिन्दु महासंघ, सनातन युवामज्च लगायतको उपस्थित रहेको थियो ।
बैठकमा बोल्दै संयोजक सुवेदीले यो आन्दोलन राजसंस्था स्थापनाको निमित्त अन्तिम आन्दोलन हुने र आन्दोलनले नेपाल लाई हिन्दु अधिराज्य स्थापनाको निमित्त कोषेढुंगा सावित हुने छ।
बैठकले आगामी वैशाख २९ गते उपत्यका स्तरीय सबै राजसंस्था पक्षधर दल तथा अभियान लगायत सवै पक्षधर हरुको बैठक बस्नेछ ।
त्यसैगरी जेठ ६ गते राजसंस्था पक्षधर प्रबुद्ध भेला गरिने जेठ ८,९,१०,११,साखु बाट सुरु गरि चागुनारायणमा समापन गर्नेगरि जनजागरण अभियान संचालन हुने र सोही समयमा महत्त्वपूर्ण स्थानहरुमा कोणसभा समेत गरिने छ ।
त्यसैगरि काठमाडौंमा जेठ १३ गते बृहद युवा भेला हुने र जेठ १५ वाट उपत्यका स्तरीय अनिश्चितकालीन आन्दोलन सुरु हुने समेत कार्यक्रम रहेको राप्रपा नेता जनकराज पाठकले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया