काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–७ अन्तर्गतको हेलम्बु राजमार्गमा आइतबार बिहान एक टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमानुवाकोटको सूर्यगढी गाउँपालिका–७ निवासी ४७ वर्षीय चालक लवकुश अधिकारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, बा ४ ख ३३६३ नम्बरको टिपर इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ जाँदै गर्दा उकालोमा ब्याक भई अनियन्त्रित भएर झन्डै १०० मिटर तल खसेको थियो ।
यसअघि पनि यही क्षेत्रको मण्डनदेउपुर–२ स्थित ठकुरीगाउँमा गत चैत ३१ गते एक यस्तै दुर्घटना भएको थियो । निर्माणाधीन होटलको कम्पाउण्डभित्र बालुवा अनलोड गर्ने क्रममा बा २ क ३४६४ नम्बरको टिपर सात मिटर तल खस्दा चालक ३१ वर्षीय विनोद घोरासैनीको मृत्यु भएको थियो। सम्भावित जोखिमपूर्ण सडक तथा लोडिङ प्रक्रियामा सुरक्षाका मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्ने आवश्यकता स्थानीयले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया