काठमाडौं । भारत–पाकिस्तान युद्धसँगै दुवै देशले नेपाल–भारत सीमा क्षेत्रमा कडा सुरक्षा अपनाइरहेका बेला नेपालस्थित चिनियाँ राजदूतावासले नेपाल–भारत सीमा क्षेत्रमा भ्रमण नगर्न आफ्ना नागरिकलाई सचेत गराएको छ ।
पछिल्लो पटक रक्सौल नाकाबाट केही चिनिया पक्राउ परेपछि चिनियाँ दूतावासले आफ्ना नागरिकलाई नेपालतर्फबाट भारतीय भूमिमा प्रवेश नगर्न चेतावनी जारी गरेको हो ।
दूतावासको वीच्याट च्यानलमा चाइनिज भाषामा सो ट्राभल एडभाइजरी जारी भएको हो । दुवै देशबिच खुला सिमाना रहेको भन्दै दूतावासको सूचनामा भनिएको छ, ‘कुनै पनि हालतमा गल्तीले पनि भारतीय भूमिमा प्रवेश नगर्नू ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया