बागलुङ । बागलुङ नगरपालिका-४ श्रीनटोलमा एक जना वृद्धाको घरको तेस्रो तलाबाट खसेर मृत्यु भएको छ ।
बुधबार (आज) बिहान ४ः४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीले वृद्धाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेका छन् । हाल शव परीक्षणका लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया