प्रिशा मृत्यु प्रकरण : विदेशमा पढ्ने विद्यार्थीहरुको सुरक्षा सुनिश्चिन गर्न सभामुखको रुलिङ

लोकपथ
133
Shares

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको मृत्युबारे संसदमा प्रश्न उठेको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रिशाको न्यायका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सभामुख देवराज घिमिरेले एकपछि अर्को गरी विदेशमा पढ्ने विद्यार्थीहरुको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै सभामुख घिमिरेले प्रिशाको परिवारलाई न्याय दिलाउन भारत सरकारसँग उचित वार्ता गर्न समेत निर्देशन दिए ।

‘सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु । साथै, विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलहरू अवलम्बन गर्न अपिल गर्दछु,’ सभामुख घिमिरेले भने ।

त्यसो त गत फागुनमा सोही विश्वविद्यालयमा अध्ययन गर्ने बुटवलकी प्रकृती लम्सालले समेत आत्महत्या गरेकी थिइन् । एउटा घटना सेलाउन नपाउँदै पुनः अर्को घटना घटेको भन्दै सरकारले त्यसबारेमा गम्भीर चासो लिनुपर्ने आवाज उठिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?