भारतीय एम्बुलेन्समा गाँजा ओसारपसार, चालक पक्राउ

लोकपथ
707
Shares

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–६ स्थितबाट लागूऔषध गाँजा बोकेको भारतीय नम्बरको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।

वैशाख २० गते राती ९ बजे भारतीय नम्बरको एम्बुलेन्सको प्रयोग गरी लागूऔषध गाँजा ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी, धरान, पकली र रामधुनीबाट परिचालन भएको प्रहरी टोलीले उनलाई पक्राउ गरी गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार चेकजाँचका क्रममा रामधुनी–६ पिडारी स्थितबाट BR38P5414 नम्बरको एम्बुलेन्समा ६ वटा बोरामा लुकाई छिपाई ल्याउदै गरेको १ सय ८० किलोग्राम गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भएसँगै एम्बुलेन्स चालक बराहक्षेत्र नगरपालिका–४ का २५ वर्षीय श्रीराज कुमार साहलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पकलीबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?