रोल्पामा ट्र्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

लोकपथ
154
Shares

काठमाडौं । रोल्पाको परिवर्तन गाउँपालिका-३ बागमारामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका-४ निवासी २९ वर्षीय खिमबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रहरीका अनुसार लु.प्र ०२–००१ त ८९ नम्बरको ट्र्याक्टर आइतबार राति अनियन्त्रित भई सडकबाट करिब ६ मिटर तल खसेको थियो।

चुनबाङ भित्री सडक खण्डअन्तर्गत दुई खोलीबाट बागमारातर्फ जाँदै गर्दा ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जनाइएको छ।

दुर्घटनामा च्यापिएर सुनारको घटनास्थलमै मृत्यु भएको हो । ट्र्याक्टरमा उनी एक्लै सवार रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?