रौतहट । कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गरूडा नगरपालिका–३ मलाहिटोल बस्ने ६० वर्षीय बलिराम सहनी रहेका छन् ।
चन्द्रपुर नगरपालिका–४ स्थित सडकमा हेटौडाबाट चपुरतर्फ आउँदै गरेको बा.६ च ३५२६ नम्बरको कारले चपुरबाट निजगढतर्फ जाँदै गरेको ना.३ प ९५१२ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चपुरस्थित हाइवे ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि एलएस न्युरो अस्पताल बारातर्फ पठाइएको छ ।
प्रहरीले कार चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया