रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा तीव्र गतिको कारको ठक्करबाट आज मोटरसाइकलमा सवार बाबुछोरीको मृत्यु भएको छ ।
चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई हेटौंडाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको थियो ।
चन्द्रपुर नगरपालिका–४ मा भएको यो दुर्घटनामा मोटरसाइकलमा सवार ६० वर्षीय बलिराम सहनी र उनकी छोरी ४० वर्षीया उर्मिलादेवी सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा निजगढतर्फ जाँदै गरेका गरुडा नगरपालिका ३ मलाही टोलका ६० वर्षीय मोटरसाइकल चालक बलिरामको घटनास्थलमै मृत्यु भएको र सोही मोटरसाइकलमा सवार रहेकी उनकी छोरी उर्मिलादेवीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया