दैलेख । दक्षिण एसियाको एकमात्र भ्रमणशील राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ ।
जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका मुखिया ४९ वर्षीय शाहीको सोमबार राति बराहताल गाउँपालिका–८ सोतखोलामा रहेको बस्तीमा मृत्यु भएको हो । अत्यधिक मदिराका कारण मुखिया शाहीको मृत्यु भएको राउटे समुदायसँग काम गर्दै आएका सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।
‘नयाँ वर्षमा यो समुदायमा ठूलो चाड मनाउने प्रचलन हुन्छ । त्यहीँ बेलादेखि उहाँ बिरामी हुनुहुन्थ्यो,’ खत्रीले भने, ‘पछिल्लो पाँच दिनयता बिरामीले च्यापेपछि सुतिरहने तर नउठ्ने गरेपछि अस्पताल लैजान सम्झाउने गरेका थियौँ । तर उहाँको राति नै मृत्यु भयो ।’
तीन जना मुखिया रहेको राउटे समुदायका मुख्य मुखिया सूर्यनारायण हुन् । २०७२ जेठमा मुखिया चुनिएका उनी कल्याल गोत्रका हुन् । राउटे समुदायमा रास्कोटी, सोमवंशी र कल्याल गरी तीन गोत्र छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया