कास्की । निर्माणाधीन राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखराको हरिचोकबाट याम्दी पुलसम्मको चार ‘लेन’ सडक कालोपत्रे गर्न सुरु भएको छ ।
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालका अनुसार मंगलबार रातिदेखि कसेरीचोकबाट कालोपत्रेको काम सुरु भएको हो । ‘अस्फाल्ट प्रविधिबाट सडक कालोपत्रे गर्न थालेका छौँ ,‘ आयोजनाका सूचना अधिकारी किरण सुवेदीले भने। चालु आर्थिक वर्षभित्रमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य छ ।
‘सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनबाट थपिएको म्यादसमेत अहिले सकिएको छ । सरकारले पुनः म्याद थप गरे सोहीअनुसार हुन्छ । नभए निर्माण कम्पनीसँग जरिवाना लिएर भए पनि सम्पन्न गर्छौँ, ‘सुवेदीले भने। निर्माण कम्पनीसँग मूल्य अभिवृद्धि करसहित ४८ करोडमा सडक निर्माणको सम्झौता भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया