काठमाडौं । देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागु औषधसहित १२ जना पक्राउ परेका छन् । मकवानपुर, चितवन, मोरङ, कैलाली, कञ्चनपुर, सुर्खेत, सङ्खुवासभालगायत जिल्लाबाट लागु औषधसहित १२ जना पक्राउ परेका हुन् ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ पिपलबोटबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित हेटौँडा–४ हुप्राचौर बस्ने १९ वर्षीय विशाल सार्की र मोरङको विराटनगर महानगरपालिका–१५ बैंक रोडबाट सुन्दरहरैँचा नगरपालिका–२ बस्ने ३१ वर्षीय सरन डाँगी पक्राउ परेका लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२६ सिसुवारबाट नियन्त्रित लागु औषध ट्रामाडोल र गाँजा जस्तो देखिने पदार्थसहित भरतपुर–२६ बस्ने ६१ वर्षीया शान्तिकुमारी महतो र २५ वर्षीय विशाल सुनार पक्राउ परेका इलाका प्रहरी कार्यालय चनौलीले जनाएको छ ।
त्यस्तै, कैलालीको कैलारी गाउँपालिका–१ सडकपुरबाट कैलारी–८ दुधिया बस्ने २५ वर्षीय सञ्जयकुमार चौधरी, कञ्चनपुरको बेलौरी नगरपालिका–१ हनुमानथानबाट डडेल्धुरा गन्यापधुरा गाउँपालिका–३ सकायल बस्ने ३९ वर्षीय करनबहादुर देउवा र ३५ वर्षीय रोहित शाही, भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट शुक्लाफाँटा नगरपालिका–११ बस्ने २५ वर्षीय रामबहादुर विष्ट पक्राउ परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
स्थायी प्रहरी पोष्ट गोठीकाँडाका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ कटुकाबाट ब्राउन सुगर जस्तो देखिने पदार्थसहित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ बस्ने २१ वर्षीय अनिश नेपाली पक्राउ परेका हुन् ।
सङ्खुवासभाको धर्मदेवी नगरपालिका–४ तिरतिरे बस्ने २८ वर्षीय रामबहादुर अधिकारी, २६ वर्षीय केशव घिमिरे र मादी नगरपालिका–६ पुलुङ बस्ने ३८ वर्षीय देवेन्द्र थापालाई अवैध लागु औषध अफिम जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया