देश सम्पन्न बनाउन स्वदेशकै स्रोत साधनको सदुपयोग गरौँ : कार्यकारी प्रमुख जोशी

लोकपथ
147
Shares

काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले युरोप तथा अमेरिकाका बुद्धको अनुयायीहरूलाई नेपालको पर्यटनसँग जोड्नु पर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  

उनले विश्वभर ५५ लाखभन्दा बढी बुद्धका अनुयायी भएको बताए ।  उनले युरोप र अमेरिकामा रहेका बुद्धका अनुयायीहरूले बुद्धिजमलाई विशिष्ट दर्शनका रुपमा ग्रहण गरेकाले ती युरोप र अमेरिका नेपालका लागि मूल्यमा आधारित बजार भएको बताए । 

उनले बुद्ध धर्मको तीन खण्ड मायाना, हिनायाना र थेरावादामध्ये विश्वका धेरै देशमा एक वा दुई खण्डको अभ्यास हुने तर नेपालमा तीनै खण्डको अभ्यास गर्ने अनुयायी भएकाले नेपालका लागि यो विशिष्ट पहिचान भएको बताए ।  

म्यानमार, श्रीलंकालगायत कतिपय देशको राष्ट्रिय धर्म नै बुद्धिष्ट भएकाले बुद्ध जन्मिएको देश नेपालको विशिष्ट स्थान रहेको उनको भनाइ छ । उनले बुद्धिष्ट सर्किटको बारेमा नेपालका भन्दा पनि भारतका धेरै एजेन्ट्सहरुले प्रचारप्रसार गर्ने गरेको बताए । 

नेपाल पर्यटन बोर्डका कार्यसमिति सदस्य ऋषिराम भण्डारीले जुन देशमा जस्तो स्रोत साधन छ त्यसैको प्रयोगले आर्थिक रुपमा देश सम्पन्न भएको बताए ।  उनले सबैभन्दा बढी मरुभूमि रहेका मध्यपूर्वका देशहरू आफ्नै देशको खनिज पदार्थ तेल बेचेर सम्पन्न भएको बताए ।  

नेपालले आर्थिक रुपमा सबल बन्नका लागि यहाँको धर्म, खेलकुद तथा प्रकृतिको सदुपयोग गरी पर्यटन प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ । सीमित बजेट भए पनि पर्यटन प्रवर्द्धनका लागि हुने कार्यक्रमहरूमा सहयोग गर्ने नेपाल पर्यटन बोर्डको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?