सुर्खेत । दैलेखको ठाँटीकाँध गाउँपालिकामा घरबाहिर आगो लगाएर तीन महिनाको शिशुलाई गायब पारिएको छ ।
बाहिर आगो लागेको देखेपछि निभाउन घरबाहिर निस्केका घरका सदस्यहरू पछि फर्कँदा शिशु नभएको जानकारी प्राप्त भएको र शिशुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नमा गएराति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी छोरी श्रीया बुढालाई बेपत्ता पारिएको प्रहरीले जनाएको छ ।
बमबहादुरका दाजु दीपक बुढाले बच्चा चोर्न कुनै समूहले खरमा आगो लगाएको हुनसक्ने आशंका गरेका छन् ।
बेपत्ता पारिएको शिशुसँगै अर्को छोरा पनि साथमा सुतेका थिए । परिवारका सदस्यहरू आगो निभाएर फर्कँदा ठूलो चाहिँ बच्चा सुतिरहेकै भए पनि सानो बच्चा नभएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डीएसपी सुनिल दाहालले घटनाको जानकारी आएलगत्तै आफूहरुले खोजतलास गरिरहेको बताए ।
उनले भने, ‘अचम्म लाग्दो घटना भयो, घटनाको अनुसन्धान गरिरहेका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया