खोटाङमा चट्याङले दुई महिला गम्भीर घाइते

लोकपथ
105
Shares

काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीमा बिहीबार परेको चट्याङका कारण दुई महिला गम्भीर घाइते भएका छन् । वर्षासँगै परेको चट्याङले कृष्णमाया खड्का र देविका भुजेल घाइते भएका हुन् ।

कृष्णमाया खड्का चट्याङ परेको बेला घरभित्र भान्छामा काम गरिरहेकी थिइन्। चट्याङको झट्काले उनी बेहोस भइन्। स्थानीयका अनुसार घरभित्रै आगोको ज्वाला पसेजस्तो देखिएको थियो । केही समयपछि घरभित्र प्रवेश गर्दा कृष्णमायालाई अचेत अवस्थामा भेटिएको थियो ।

त्यस्तै, देविका भुजेल चट्याङको डरले अत्तालिँदा टाउको ठोक्किएर घाइते भएकी हुन्। उनको टाउकोमा गहिरो चोट लागेको छ र पाँच टाँका लगाउनुपरेको थियो ।

घटनापछि दुवै महिलालाई वडा नं २ डाँडागाउँस्थित आधारभूत अस्पताल ओख्रेमा भर्ना गरिएको छ। हाल दुवैको अवस्था स्थिर रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?