डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु, सात घाइते

लोकपथ
448
Shares

काठमाडौं । डोटी जिल्लाको सायल गाउँपालिका–६ दल्लेखमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । बुधबार राति परेको चट्याङले ३३ वर्षीया कमला नागरीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा कमलाका चार छोराछोरीहरू १० वर्षीया तारा, ८ वर्षीय अविशेक, ६ वर्षीय अबि र ३ महिनाका शंकर घाइते अवस्थामा उपचाररत छन् । साथै, स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय खुसी नागरी पनि चट्याङबाट घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रहरीका अनुसार सबै घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?