मोरङको कदमा गाउँमा भीषण आगलागी : दुई बालबालिकाको मृत्यु, निभाउने प्रयास जारी

लोकपथ
49
Shares

विराटनगर । मोरङको धनपालथान गाउँपालिका– ६ कदमा गाउँमा भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ । मृतक बालबालिकाको परिचय खुलेको छैन ।

यो समाचार लेख्दासम्म आगलागी भइरहेको छ भने ८ घर जलिसकेका छन् । चर्को घाम र हावा चलेका कारण आगो निभाउन समस्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जनाए ।

प्रहरी, स्थानीय र दमकलको सहायतामा आगो नियन्त्रण प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?